27.1 C
Kathmandu
 

सुनचाँदीकाे भाउ घट्याे

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

गएको १३ गतेदेखि नै तोलाको सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ घटेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर