22.1 C
Kathmandu
 

दिल्लीमाथि हैदराबादको शानदार जीत

जारी इण्डियन प्रमियर लिगमा सनराइजर्स हैदरबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

मंगलबार राति दुबईमा भएको खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको हो। पहिले ब्याटिङ गरेको हैदराबादले दिल्लीलाई जितका लागि २२० रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउन आएको दिल्ली १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रनमा समेटिएको थियो।

जितसँगै हैदरबादले आफ्नो प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

हैदराबादको जितमा ४५ बलमा ऋद्धिमान साहले ८७ रनको योगदान दिएका थिए। खेलमा उनी म्यान अफ द म्याचसमेत भए।

यस्तै डेभिड वार्नरले ६६ रन बनाउँदा मनिष पाण्डे ४४ र केन विलियम्सन नटआउट ११ रन बनाए।

हैदराबादको जितमा राशिद खानले ४ ओभरमा मात्र ७ रन दिएर दिल्लीको ३ वटा विकेट लिएका थिए।

लिगको अंकतालिकामा दिल्ली १४ अंकसहित तेश्रो स्थानमा छ भने हैदराबाद १० अंकसहित छैटौं स्थानमा रहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर