27.1 C
Kathmandu
 

बाढीले बगाउँदा सिन्धुपाल्चोकमा इन्जिनियरसहित तीन जना बेपत्ता

सिन्धुपाल्चोक – अविरल वर्षापछि आएको बाढीले बगाउँदा तीनजना बेपत्ता भएका छन् ।

शनिबार राति आएको बाढीले शिवश्री हाइड्रोपावरमा काम गर्दै आएका इटहरीका यादवप्रसाद काफ्ले र बाराका रामअवतार चौधरीलाई बगाएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यस्तै, जुगल गाउँपालिकामा आएको बाढीले गाउँघर उज्यालो सानो घट्टे खोला हाइड्रोपावर प्रालिमा कार्यरत सिभिल इन्जिनियर मुक्ति सिवाकोटीलाई पनि बगाएको उहाँले जानकारी दिनुभयो ।

उनीहरुको बिहानैदेखि खोजी कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । बाढीले दुवै आयोजनामा करोडौँ रुपैयाको नोक्सानी पुर्‍याएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर