13 C
Kathmandu
 

सरकारले तोक्यो नि:शुल्क कोरोना उपचार गर्नेको मापदण्ड

सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको नि:शुल्क उपचार गर्ने भनिएको छ।

अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले नि:शुल्क उपचार गर्नेछ।

त्यस्तै सरकारले अशक्त संक्रमितहरूको पनि नि:शुल्क उपचार गर्ने भनेको छ।

यसका लागि पनि संक्रमितले अशक्तताको प्रमाणपत्र वा स्वयं घोषण गर्नुपर्ने भनिएको छ।

तेस्रोमा असहाय व्यक्तिहरूले पनि नि:शुल्क कोरोनाको उपचार पाउने भनिएको छ। जसका लागि त्यस्ता व्यक्तिले सिफारिस वा स्वयं घोषणा गर्नुपर्ने भनिएको छ।

यस्तै चौथोमा असहाय एकल महिलाले पनि प्रमाणपत्र वा स्वयं घोषणा गरे निशुल्क उपचार पाउनेछन्।

पाँचौ भनेको अति अपांगता भएका संक्रमितले पनि नि:शुल्क उपचार पाउने भनिएको छ। त्यसका लागि संक्रमितले अपांगताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।

छैठौं भनेको जेष्ठ नागरिक संक्रमित भए त्यस्ताको पनि सरकारले नि:शुल्क उपचार गर्ने छ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त सूचनामा ७० वर्ष पुगेका नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा गरे नि:शुल्क उपचार गरिने उल्लेख छ।

सातौंमा भने अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूको पनि नि:शुल्क उपचार गरिने भनिएको छ।

त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।

माथि उल्लेखित प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा ईकाई वा अस्पतालकै सिफारिसमा पनि निशुल्क सेवा लिन सकिने भनिएको छ।

तर उल्लेखित आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।

यी बाहेक अन्य व्यक्तिको हकमा भने सम्पूर्ण उपचार खर्च संक्रमित स्वयंले बेहोर्नुपर्ने सरकारले निर्णय गरेको छ।

सरकारको उक्त निर्णयसँगै सरकारी अस्पतालहरूले संक्रमितहरूबाट शुल्क असुल्न थालेका छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...