27.1 C
Kathmandu
 

सेमिफाइनल पुग्ने लक्ष्यमा न्युजिल्यान्ड र इङ्ल्यान्ड

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । रिभर साइड क्रिकेट मैदानमा हुने खेलमा दुई बलिया टोली इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । न्युजिल्यान्ड आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । यता, इङ्ल्यान्ड पनि न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

सेमिफाइनलमा स्थान बनाउन आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुबै टोलीबीचको खेल वर्षाका कारण रोकिएको खण्डमा न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउने छ ।

८ खेल खेलको न्युजिल्यान्ड ५ जित, एक बराबरी र दुई हारसँगै ११ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । न्युजिल्यान्ड आजको खेलमा पराजित भए पाकिस्तान र बंगलादेशबीचको नजिता कुर्नुपर्ने हुन्छ । यता ८ खेलमा ५ जित र ३ हारसँगै १० अंकले इङ्ल्यान्ड तालिकाको चौथो स्थानमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर