21.1 C
Kathmandu
 

नेपालको उत्कृष्ट सुरुवात, पाँच ओभरमै लक्ष्य पूरा

काठमाडौं । साविक विजेता नेपालले मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा उत्कृष्ट सुरुवात गरेको छ । क्वालालम्पुरस्थित चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा विनाविकेटको क्षतिमा ५७ रन बनायो । नेपालका लागि पवन सरार्फ र रित गौतमले उत्कृष्ट पारी खेले । रित गौतमले सर्वाधिक ४६ रन जोडे । त्यस्तै रितले १० रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले चीनलाई ५३ रनमै अल आउट गरेको थियो । चीनका लागि गुहाओ गो र लेङ चेनले समान १३–१३ रन जोडे । त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक ६ विकेट लिए । ९ ओभर १ बल बलिङ गरेका उनले ३ मेडन फाल्दै १९ रन दिएर ६ विकेट लिए । त्यस्तै तिलक राज भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट लिए ।
साविक विजेता नेपालले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर