रसुवा – रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो २०१९ जनवरीदेखि जुन मसान्तसम्मको तथ्याङ्क हो ।
६ महिनामा १३ हजार ७० पर्यटक नेपाल आएका छन् । जसमा जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क छ ।
पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ तथा अन्य देशका पर्यटक भित्रने तथा बाहिरिने क्रम बढेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका थिए् ।
सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटकले ओगटेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनुभयो । ‘यो नाकाबाट ५५ देशका पर्यटक आएका छन्, उहाँले भन्नुभयो, तीमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक छन् ।’