म्याग्दी – खोलाको किनारमा भाँडाकुटी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएका छन् ।
बेनी नगरपालिका–२, दुधेखोलास्थित म्याग्दीखोला किनारमा भाँडाकुटी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बागलुङ जिल्ला घर भएर बेनी–२, दुधेखोलामा कोठा भाडामा लिएर बस्ने डम्बर काउचाको छोरा ८ वर्षीय डेबिट काउचा र बेनी–३, हल्लेगौँडाका मनबहादुर रोकाको ८ वर्षीय छोरा प्रदीप रोका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।
मंगलबार साँझ पाँच बजेको समयमा खोलाले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालयबाट उद्दार टोली घटनास्थल पुगेर खोजी गर्दा पनि अहिलेसम्म फेला नपरेको प्रहरी निरीक्षक देवकोटाले बताउनुभयो ।