27.1 C
Kathmandu
 

एसीसी यू-१९ इस्टर्न रिजन: नेपालले चीनविरुद्ध टस जितेर बलिङ रोज्यो

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितमा बुधबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले चीनमाथि जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवा टिमले चीनमाथि सहजै जित निकाल्ने अपेक्षा गरिएको छ । सिंगापुरविरुद्ध चीन २८ रनले समेटिएकाले पनि नेपालले चीनलाई सहज आंकलन गरेको छ ।

चीनविरुद्धको खेलमा विशाल विक्रम केसी, रसिद खान र कुशल मल्ललाई विश्राम दिइएको छ । तीन जना खेलाडीले डेब्यू गर्दैछन् । तिलक राज भण्डारी, खडक बहादुर बोहरा र लोकेश बहादुर बमले यू-१९ डेब्यू गर्न लागेका हुन् ।

नेपालको प्लेइङ इलेभेन यस्तो छ :

राेहित कुमार पाैडेल
पवन सर्राफ
रित गौतम
हरिबहादुर चौहान
भीम शार्की
कमलसिंह ऐरी
प्रतिश जिसी
तिलकराज भण्डारी
लोकेशबहादुर बम
सागर ढकाल
खडकबहादुर बोहरा

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर