21.4 C
Kathmandu
 

‘बाहुबली’ अभिनेत्री तमन्नालाई भयो कोरोना

‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ।

परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ। हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो।

लक्षणका कारण स्वास्थ्यमा समस्या आएपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई हैदराबादस्थित एक निजी अस्पताल भर्ना गरिएको छ।

तमन्नाका बाबुआमालाई पनि केही समय पहिले कोरोनाको संक्रमण भएको थियो जसको जानकारी उनले ट्विटमार्फत गराएकी थिइन्।
तमन्नाको नवाजसँगको ‘बोले चुडिया’ रिलिजको पर्खाइमा छ भने आधारित तेलेगु एक्शन ड्रामा ‘सीटराइमर’को सुटिङ बाँकी रहेको छ।

सो सिनेमाको सुटिङ छिट्टै सुरू हुने बताइएको भएपनि उनी विरामी परेपछि त्यसमा केही ढिला हुने देखिएको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा ३ जना मृत भेटिए

काठमाडौं । नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका...

छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं...

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै...

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद...

वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं : शृङ्गला

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताएका छन् । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले...