ब्रसेल्स । युरोपेली आयोगको प्रमुखका रुपमा पहिलो पटक एक जना महिला सिफारिसमा परेकी छन् । उर्सुला भोन डेर लेयेन युरोपेली आयोगको अध्यक्ष पदका लागि सिफारिसमा परेकी हुन् । उनी जर्मन चान्सलर एन्जेला मर्केलसँग निकट मानिनुका साथै जर्मनीको रक्षा मन्त्रीपनि हुन् । आयोग युरोपेली संघ (इयु)का
प्रमुख कार्यकारी निकाय हो ।
ब्रसेल्समा जन्मेकी लेयेन १३ वर्षको हुँदा परिवारसहित जर्मनी गएकी हुन् ।राजनीतिमा प्रवेश गर्नुअघि उनले लण्डनमा अर्थशास्त्र र ह्यानओभरमा मेडिसिन विषयमा अध्ययन गरेकी थिइन् । उनी सन् २००५ देखि जर्मन चान्सलर एञ्जिला मर्केलको कन्जरभेटिभ क्रिस्चियन डेमोक्र्याट(सीडीयु) पार्टीको सदस्य रहेकी थिइन् । यदि उनी सो पदमा ‘कन्फर्म’ भइन् भने ६० वर्षको अवधीमा सो पदमा जाने पहिलो महिला हुने छन् । यसैगरी, युरोपेली आयोगका अन्य केही पदमा पनि विभिन्न सिफारिस भएका छन् । ती सिफारिसको अनुमोदन युरोपेली संसदले गर्नुपर्नेछ । (बीबीसी)