काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अर्न्तगत मंगलबारको बंगलादेशविरुद्धको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
विर्मिङघममा हुने खेलमा भारतले आज जित निकाल्न सके सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । भारत बंगलादेशलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ ।
भारत आज पराजित भए श्रीलंकाविरुद्धको अन्तिम खेल जित्नैपर्ने दबाबमा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले खेलेका सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।
बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै सात अंक जोडेको छ ।