19.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८१७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६४९ जना, ललितपुरका १३२ र भक्तपुरका ३६ जना छन् ।

यस्तै सिराहाका ५५ जना, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरी, नवलपुर र रुपन्देहीका २०/२० जना, चितवन र तनहुँका १७/१७ जना, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, सप्तरी र काभ्रे १०/१० तथा पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५/५ जना, सिन्धुली र कास्कीका ४/४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३/३ जना, इलाम, खोटाङ, झापा, तेह्रथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २/२ तथा ओखलढुंगा, संखुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्युठान र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर