15 C
Kathmandu
 

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।

चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...