15 C
Kathmandu
 

पश्चिम बंगालले दियो सिनेमाघर खोल्ने अनुमति

कोलकाता, असोज ११। भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघरलाई अक्टुबर १ देखि खोल्न दिने निर्णय गरेको छ।

राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सोको जानकारी दिएकी हुन्।

निर्णय अनुसार सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि दिइएको छ।

यस्तै एकपटकमा  ५० वा सोभन्दा कम संख्यामा पनि मानिसहरू जमघट गर्न पाउनेछन्।

यसैगरी सबै क्षेत्रमा सामाजिक दूरीको पालना, मास्कको प्रयोग र रोकथामका नियमहरूको अनिवार्य पालना गर्नुपर्नेछ।

मार्चदेखि सुरू भएको लकडाउनका कारण भारतभरका सिनेमा हल बन्द रहँदै आएको छ।

बन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...