19.1 C
Kathmandu
 

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

९ असोज, काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको  जानकारी दिए। मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको थियो।

‘पाटन अस्पतालमा उहाँको स्वाब दिइएको थियो। आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने।

मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिए।

पछिल्लो समय महर्जन राहत वितरणलगायत काममा हिँडेका थिए।

यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना भएको थियो। उनी अहिले निको भइसकेका छन्।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर