21.4 C
Kathmandu
 

अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

९असोज, महेन्द्रनगर ।कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।

“पठनपाठनको पूर्व तयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाई प्रमुख भरतबाबु सुवेदीले भन्नुभयो, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ ।” उहाँले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताउनुभयो । “घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “टोल/छिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हुँदैछ ।” कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन् ।

विद्यार्थी अभिलेखीकरणमा खटिएका शिक्षक लोकबहादुर सिंहले घरदैलोमा पुग्दा अभिभावक र विद्यार्थी विद्यालय सञ्चालन होस् भन्नेमा नरहेको बताउनुभयो । “अझै कोरोनाको त्रास रहेकाले धेरै निजी स्कूलमा पढ्ने विद्यार्थी सरकारी स्कूलमा भर्ना हुन आउँदैछन्”, सिंहले भन्नुभयो, “हामीले अभिलेखीकरणसँगै विद्यार्थी भर्ना अभियानसमेत शुरु गरेका छौं ।” अनलाइन कक्षालगायत वैकल्पिक विधिबाट शिक्षण हुँदा विद्यालयले चर्को शुल्क लिइरहेको अभिभावकको गुनासो रहेको पाइएको शिक्षक सिंहले बताउनुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीयताको ओचित्य पुष्टि गर्ने काम आफूहरुकै भएको बताएका छन् । संघीय संसदको आयोजनामा शुक्रबार सुरु भएको संघ र सात...

उद्योग वाणिज्य महासंघको साधारणसभा : बन्दसत्रमा कसले के भने ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उमेदवारहरुले आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । साधारणसभाको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष एवं उपाध्यक्षका उमेदवारहरुले आ-आफ्नो एजेन्डा प्रस्तुत...

उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार ११६ प्रतिनिधिले मतदान गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार १ सय १६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव...

नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा ३ जना मृत भेटिए

काठमाडौं । नवलपरासी (पूर्व), सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका...