19.1 C
Kathmandu
 

मुख्यमन्त्री राई अमेरिका प्रस्थान

माेरङ –  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ ।

अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई साेमबार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृतबमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गर्नुभएको हो । अमेरिकामा हुने त्यस कार्यक्रममा मुख्यमन्त्री राईले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नुहुनेछ ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नुहुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोसियशन अफ् नेप्लिज इन अमेरिका, एसोसियशन अफ् नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एसोसियशन अफ् नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर