22.1 C
Kathmandu
 

मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय लिने जिम्मा दुई अध्यक्षलाई

काठमाडौं, असोज ४। नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ।

आइतबार बसेको नेकपा सचिवालय बैठकमा आएको सुझावका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने एक सचिवालय सदस्यले बताए।

‘मन्त्रिपरषदको पुनर्गठन गर्नेबारे विभिन्न खालका सुझावहरु आएका छन्। ती सुझावका आधारमा अर्का अध्यक्षसँग सल्लाह गरेर प्रधाधानमन्त्रीले निर्णय गर्नुहुन्छ’ ती सचिवालय सदस्यले भने,’मन्त्रिपरिषद पुनर्गठनबारे सचिवालयमा छलफल सकिएकाले अब संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल हुन्छ।’

सांगठनिक कामका बारेमा पनि छलफल हुन बाँकी रहेकाे उनले बताए। आइतबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल बाहेक सबै सचिवालय सदस्यहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्दा राम्रो काम गरिरहेका मन्त्रीहरुलाई कायमै राख्नुपर्ने सुझाव दिएका थिए।

वरिष्ठ नेता खनालले भने प्रधानमन्त्री बाहेक सबै मन्त्री फेर्नुपर्ने सुझाव दिएको स्राेतले बतायो। उनले सुरूमा सबैलाई हटाएर आवश्यक परेमा कतिपय मन्त्रीहरु दोहोर्‍याउन सकिने धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरु एकैचोटि हटाउने पक्षमा आफू नरहेको बताएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उस्तै धारणा रहेको थियो।

नेकपा बैठक सोमबार १ बजे फेरि बस्दैछ। सोमबार नै सचिवालय बैठक सक्ने नेकपाको तयारी छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर