15 C
Kathmandu
 

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना संक्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।

वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

एकैपटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उनले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए ।

अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए । – रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...