15 C
Kathmandu
 

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्।

शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी गर्दै उनले भरोसायोग्य न्याय प्रणालीमा आफू प्रतिवद्ध रहेको बताएका हुन्।

‘न्यायपालिकाको सुधारको विषयमा व्यक्त समसामयिक सुझावहरू सम्बोधनका लागि उपयुक्त पहलकदमी भएका छन्। न्यायपालिकाका काम कारबाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि म सबैमा हार्दिक आग्रह गर्दछु,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’

अहिलेको विषम परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व सबैका सामु रहेको पनि उनले बताएका छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...