काठमाण्डाै – मनसुन भित्रीएको झण्डै २० दिन हुँदा पनि यो वर्ष राम्रोसँग पानी पर्न सकेको छैन ।
प्रशान्त महासागरमा २/३ वर्षमा पानीको बहाब परिवर्तन हुने प्रक्रियाले गर्दा मनसुनलाई असर गर्ने गर्छ । यो वर्ष पनि बहाब परिवर्तन भएकाले कम पानी परेको मौसमविद्ले बताएका छन् ।
प्रशान्त महासागरमा २/३ वर्षमा १ पटक पानी कहिले चिसो र कहिले तातो हुने गर्छ । यस्तै यो वर्ष प्रशान्त महासागरको हावा भारतमा धेरै पर्ने र नेपालमा कम पर्ने भएकाले पनि पानी पर्ने सम्भावना कम भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
यसैबीच साेमबार देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली भई राति देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
प्रदेश नम्बर ४ को पोखरा आसपासका क्षेत्रमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । देशका अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।