18.1 C
Kathmandu
 

चिन्ता र तनावले रोगप्रतिरोधात्मक क्षमता कम गराउँछ : डा. शर्मा

काठमाडौं । कोरोना महामारीले ज्येष्ठ नागरिकहरुमा डर चिन्ताका कारण मानसिक रोगहरु देखिने गरेको पाइएको छ ।

काठमाडौं मेडिकल कलेजकी मानसिक रोग विशेषज्ञ डा. रचना शर्माले कोरोना महामारीले धेरे जसो ज्येष्ठ नागरिकमा खान मन नलाग्‍ने र निन्द्रा नलाग्‍ने आदि समस्या बढी देखिने गरेको बताइन् ।

उनका अनुसार डर र त्रासले मानसिक तनावका कारण डिप्रेसनको समस्यासमेत देखिने हुन्छ ।

उनले भनिन् , “पछिल्लो समय धेरै जसो ज्येष्ठ नागरिकहरु एक्लै बस्‍नु परेको छ । लामो समयसम्म एक्लोपन भएर बसेका व्यक्तिमा पनि डिप्रेसनको समस्या देखिएको पाइन्छ ।”

भावनात्मक दूरी टाढा भएर पनि जेष्ठ नागरिकहरुमा डिप्रेसनको समस्या आउने उनले जानकारी दिइन् ।

लामोसम्म चिन्ता र तनाव लिएमा रोग प्रतिरोधात्मक क्षमता कम भएर शारीरिक र मानसिक असर पर्ने उनको भनाइ छ । परिवारका सदस्यहरु संवेदनशील भएर ज्येषेठ नागरिकको हेरचाह गरेमा यस्तो मानसिक समस्या नदेखिने उनले बताइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर