28.1 C
Kathmandu
 

निषेधाज्ञाका कारण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी

चितवन । चितवनमा चालु आर्थिक वर्ष ०७७-०७८ को भदौ महिनामा सवारीसाधन दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार साउन महिनाको अवधिमा २८ वटा सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए । तर भदौ महिनामा भने १९ वटा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या बढेर ४६ जना पुगेको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार निशेधाज्ञासँगै सवारी कम चलेकाले दुर्घटनामा कमी भइ मृत्युको संख्या घटेको हो । “निशेधाज्ञापनि भयो, सवारी कम पनि चले । चेकजाँच पनि कडाइ गरियो,” उनले भने ।

अधिकांश दुर्घटना नारायणगढ-मुग्लिन सडकमा आपसमा सवारीसाधन ठोक्किएर भएकोले मध्यम तथा गम्भीर घाइतेको संख्या भदौ महिनामा केही बढेको भट्टले बताए ।

यससँगै कार्यालयको राजश्व संकलनमासमेत कमी आएको छ । कार्यालयका अनुसार सवारी कारवाहीबाट साउन महिनामा ९२ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको थियो भने भदौ महिनामा यो अनुपात घटेर ६८ हजार ५ सय रुपैया संकलन भएको छ ।

सामान्य अवस्थामा चितवन जिल्लाको सडक भएर दैनिक यहाँ १६ देखि २० हजारवटा सम्म सवारी साधन गुड्ने गर्दछन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर