27 C
Kathmandu
 

मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल

बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो।

कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन।

रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन। केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार गर्‍यो।

उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गर्‍यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर कार चलाएका रहेछन्।

‘चालकले मापसे गरी चलाउँदा कार पोलमा ठोक्किन गएको हो। पोल र गाडीमा क्षति भएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले भने।

रातिको समय भएकाले कार बिहीबार बिहानसम्म दुर्घटनास्थलमै थियो। बिहान बाटोमा कारले बिजुलीको पोल ढालेको देखेर सर्वसाधारणले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका थिए।

केहीबेरअघि प्रहरीले कार र बिजुलीको पोल हटाएको यादवले जानकारी दिए।

दुर्घटनामा मानवीय क्षति नभएकाले प्रहरीले चालक पोखरेललाई नियन्त्रणमा लिएको छैन। कार भने अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री पोखरेल

वुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज...

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमान घिसिङकाे अनुरोध

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। उनको पुनर्नियुक्ति माग गर्दै...

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन...

भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा...

न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन प्रधानन्यायाधीशकाे सबैलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्। शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी...