23.1 C
Kathmandu
 

विषाक्त रसायन भेटिएपछि ४ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध

काठमाडौं । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप चारवटा ह्‍यान्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले बुधबार (आज) एक सूचना जारी गर्दै चार कम्पनीका स्यानिटाइजर बिक्रीमा रोक लगाएको हो ।

चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन-वासिङ एन्टिब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थ केयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्‍यान्ड स्यानिटाइजर, आरएल कर्प इन्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्‍यान्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एन्ड कस्मेटिक इन्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्‍यान्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ ।

ती स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको र स्वास्थ्यमा गम्भीर असर पर्ने हुदाँ सर्वसाधारणले प्रयोग नगर्न नराउन र स्यानिटाइजरहरुको उत्पादन तथा बिक्री रोक्न विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर