27 C
Kathmandu
 

के सेनाले आफन्तलाई संक्रमितको शव हेर्न नदिएकै हो ?

काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनमा नेपाली सेना सक्रिय छ । पछिल्लो समय दैनिक संक्रमितको मृत्यु हुने क्रम जारी छ । कतिपयले सेनाले आफन्तको शव हेर्न नदिएको गुनासो गरेपछि सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले त्यसको खण्डन गरेका छन् ।

बाह्रखरीसँगको कुराकानीमा प्रवक्ता पौडेलले भने, “सेनाले शव हेर्न दिएन भन्ने कुरा गलत हो । संक्रमितको ज्यान गइसकेपछि अस्पतालमा चिकित्सहरुले शव र्‍याप गर्ने बेला आफन्तलाई देखाउँछन् । यसमा सेनाले भूमिका रहँदैन । हामीले शव लगेर व्यवस्थापन गर्ने हो । आफन्तको मन दुखाउन हामीलाई पनि रहर त लाग्दैन नि !”

प्रवक्ता पौडेलले आफूहरुले शव व्यवस्थापन गर्दा परिवारकै राय र धार्मlक परम्पराअनुसार गर्दै आएको बताए । सेनाले सबैभन्दा परिवारकै चाहनाअनुसार १९५ बढी शव खाल्डोमा गाडेको छ भने २१ जनालाई चितामा जलाएको छ । यस्तै १२८ जनलाई पशुपतिस्थित विद्युतीय शव गृहमा जलाइएको छ भने कतिपयलाई कब्रस्तानमा पनि गाडिएको छ ।

प्रवक्ता पौडेलले भने, “जोखिमका बीच पनि हामीले अन्तिम संस्कारमा धार्मिक मान्यता, मन्त्र सबै विधि पुर्‍याउने गरेका छौं । जोखिमको अवस्थामा सेनालाई पनि सबैको सकारात्मक सहयोग चाहिन्छ ।”

शव व्यवस्थापनका खटिएका कतिपय सैनिकलाई कोरोना संक्रमणसमेत देखिएको छ । सेनामा १६ सय बढी कोरोना संक्रमित छन् । संक्रमितलाई सेनाले सकेसम्म आफ्नै व्यारेकमा उपचार र आइसोलेसनमा राख्दै आएको छ ।

प्रवक्ता पौडेलले भने, “प्रदेश प्रदेशमा सैनिक पृतनाहरु छन् । यसबाहेक सल्लाघारी, पाँचखाललगायत स्थानमा हामीले हाम्रा संक्रमितको व्यवस्थापन गर्छौं । हाम्रो उद्देश्य भनेको सरकारलाई थप दबाब नपरोस् भन्‍ने हो ।”

कोभिड-१९ का कारण मृत्यु भएमा शव व्यवस्थापन गर्ने तरिका

– परिवारका सदस्यालाई शव चलाउन वा छुन दिनु हुँदैन ।

– पीपीई प्रयोग गरेर व्यवस्थापन प्रक्रिया मिलाएर व्यवस्थापन गर्ने ।

– शवलाई ‘बडी ब्याग’ मा राख्‍ने, नभएमा सेतो कपडामा बेर्न सकिन्छ र त्यसपछि प्लास्टिकमा बेर्ने ।

– परिवारका सदस्यले हेर्न चाहे एक मिटर टाढाबाट देखाउन सकिन्छ ।

– शवलाई शव वाहनमा राखेर अन्योष्टि गर्ने स्थानसम्म लैजाने ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...