27 C
Kathmandu
 

डिभी छोडेर स्वदेशमै आर्मी बन्ने युवाको कथा बोकेको ‘रगत’ सार्वजनिक

काठमाडौं – हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन् । तर एक युवा डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघुचलचित्र रगत सार्वजनिक भएको छ ।
सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको छ । रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ ।
रबि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठ,राेहित खत्री लगायतका कलाकारहरुको अभिनय रहेको यो लघु चलचित्रलाई संकल भुजेलले खिचेका हुन् । कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।


नेपाली सेनाले गरेको काम र नेपाली सेना प्रति आम नागरिकको सकारात्मक सोच बिकास गर्नका लागि डिभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आफूले रोजेको निर्देशक बस्नेतले बताए । उनले यो भन्दा अघि लकडाउनका बेलामा कसैसँग नभेटेरै बुहारी र मे वान नामको दुई वटा लघु चलचित्र बनाइसकेका छन् । रगत लघुचलचित्र पुकार टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...