24 C
Kathmandu
 

असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी

३० भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...