12.1 C
Kathmandu
 

सेप्टिक ट्याङ्की बनाउने क्रममा चार जनाको ज्यान गयो

माेरङ – माेरङको सुनबर्सी नगरपालिका-९, मुस्लिम बस्तीमा रहेको मस्जिदको सेप्टिक ट्याङ्की निर्माण गर्ने क्रममा ४ जनाकाे ज्यान गएको छ ।

सेप्टिक ट्याङ्की बनाउँदै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सिजनको कमीको कारण चारै जना ढलेको अवस्थामा फेला परेका उनीहलाई तत्काल त्यहाँबाट निकालेर विराटनगर ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रही कार्यालय मोङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

ज्यान गुमाउनेमा सुनबर्सी नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम  र २५ वर्षका फिरोज आलमको रहेकाे डीएसपी श्रेष्ठले बताउनुभयाे ।

अर्का एकजना दाउत मियाँको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्की बनाउने काम भइरहेको अवस्थामा ढलेका अधिकांशको अक्सिजनको अभावको कारण ज्यान गएको हुनसक्ने डीएसपी श्रेष्ठले जानकारी दिए। यद्यपी मृत्युकाे कारण नखुलेकाे र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर