काठमाण्डाै – राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा उपराष्ट्रपति भवन ग्रीनहाउसमा १६ फलफूल तथा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्ना सहयोगी र सुरक्षाकर्मीसँग मिलेर शनिबार एभाेकाडोदेखि रक्तचन्दनसम्मका विरुवा रोप्नु भएको हो । ग्रीनहाउस परिसरमा रक्तचन्दन, लालीगुराँस, शिरीसको फूल, असारे फूल, श्रीखण्ड, शितलचिनी, हलुवाबेद, मुन्तला, शमी, रुद्राक्ष, बुद्धचित्त, धूपी, सुन्तला, कागती र आलुबखडा गरी १६ प्रजातिका फलफूल तथा रुखका विरुवा रोपिएको हो ।