27 C
Kathmandu
 

झापामा छोराद्वारा आमाको हत्या

दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ ।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...