27 C
Kathmandu
 

हुम्लामा विद्युत् सेवा अवरुद्ध

हुम्ला । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउस पछाडि पेनस्टिक पाइप फुट्दा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

पाइप फुटेर विद्युत् आयोजना अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालकाका अधिकांश बस्ती अन्धकार भएका छन् । शनिबार बेलुका एक्कासी पावर हाउसमा पानी आपूर्ति गर्ने पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ ।

असजिलो स्थानको पाइप फुटेपछि मर्मत गर्न पनि समय लाग्ने भएको छ । आयोजनाका प्राविधिक गब्बर लामासहितको टोलीले पावर हाउसमा पाइप फुटेको स्थानमा मर्मत जारी राखेको जनाइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै जनजिवन प्रभावित भएको छ । – रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...