24 C
Kathmandu
 

ला लिगामा आज चार खेल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति विभिन्‍न चार खेल हुँदै छन् । नयाँ सिजन दोस्रो दिन आज चार खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा आलाभेसले रियल बेटिससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् । आलाभेस गत सिजन १५औँ स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो । यो सिजन भने आलाभेस उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । उता १४ स्थानमा रहेर सिजनको अन्त्य गरेको रियल बेटिस पनि पहिलो खेलमा जित निकाल्दै सिजनमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ ।

आइतबारै हुने अर्को खेलमा रियल भालाडोलिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । भालाडोलिडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ । आजको खेलमा सोसिडाड उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने योजनमा छ । गत सिजन सोसिडाड तालिकाको छैटौं स्थानमा रहेको थियो ।

यस्तै भिया रियलले हुयस्कासँग प्रतिस्पर्धा गर्दा भ्यालेन्सियाले घरेलु मैदानमा लेभान्तेसँग भिड्नेछ ।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...