23.1 C
Kathmandu
 

पास्नीमा भोज खाँदा २५ जना बिरामी

धादिङ – दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसापानीमा एक घरमा शुक्रबार  पास्नीको भोज खाएकामध्ये २५ जना बिरामी परेका छन् ।

स्थानीय राजाराम मिजारको छोरीको भोज खाएकामध्ये २५ जनालाई फुड प्वाइजन भएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

बिरामी परेकाहरुलाई गाउँबाट उद्धार गरी गजुरीमा रहेकाे गजुरी अस्पताल प्रालिमा भर्ना गरिएको छ । बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । १६ महिला र ९ जना पुरुषको उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या आएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर