19.1 C
Kathmandu
 

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा

२७ भदौ, काठमाडौं । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । विभागले काठमाडौंका ४ र भक्तपुरको एक उद्योगलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योग पनि कारबाहीमा परेको छ ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।

विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ । यो विषाक्त रसायनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर