16 C
Kathmandu
 

प्रधानमन्त्रीद्वारा वृक्षारोपण कार्यक्रम शुभारम्भ

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा शनिबार वृक्षारोपण कार्यक्रम शुभारम्भ गर्नुभएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको हो । वृक्षारोपण गर्दै उहाँले यसबाट काठमाण्डौ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री डाक्टर युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षारोपण गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०७५-७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर