जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिम आइतबार इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नयाँ जर्सीका साथ मैदानमा उत्रिने भएको छ ।
भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले शुक्रबार भारतीय टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । केही हप्तादेखि सामाजिक सञ्जालमा भारतीय टिमको वैकल्पिक जर्सीका बारेमा चर्चा भैरहेको थियो । बीसीसीआईका अनुसार आइतबार इंग्ल्याण्डविरुद्धको खेलमा भारतीय टिम सुन्तला रंगको नयाँ जर्सीमा मैदानमा उत्रिनेछ ।फुटबल प्रतियोगितामा झैँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेटमा पनि उस्तै–उस्तै जर्सी लगाउन नदिने भएको छ । त्यसैले क्रिकेटमा होम एण्ड अवेका आधारमा टिमले जर्सी लगाउन पर्नेछ । इंग्ल्याण्ड आयोजक भएकाले पुरानै जर्सीमा खेल्नेछ भने भारतीय टिम सुन्तला रंगको जर्सीमा खेल्नेछ ।