कपिलवस्तु । कपिलवस्तुमा एक कोरोना संक्रमित ६० वर्षका पत्रकार को मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने उनि पहिलो पत्रकार हुन् ।
कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो निधन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको बताए ।
कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा आज साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए ।