23.1 C
Kathmandu
 

रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण

रसुवा – रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।

प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ । बिहीबार तीन ओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताउनुभयो ।

एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो । शुक्रबार पाँच ओटा उडान गरिने छ । यो क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट विजय चौलागाईँले बताउनुभयो । यो क्षेत्रमा जुनसुकै ठाउँबाट पनि उडान गर्न सकिने देखियो, उहाँले भन्नुभयो, ‘अवतरणका लागि ठाउँको अभाव छ ।’

गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ । जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ ।

गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर