27 C
Kathmandu
 

अमेरिकामा ल्याप्टपको अभाव

एजेन्सी । कोरोना महामारी विश्वव्यापी रुपमा गम्भीर बन्दै गएपछि केही महिनासम्म पुग्नेगरी अतिआवश्यक सरसामग्रीहरु खरिद गर्ने क्रम सबै मुलुकमा बढ्यो । यसका कारणले धेरै समयसम्म अमेरिका लगायत केही देशहरुमा टोइलेट पेपरको चरम अभाव सुरु भएको थियो । र अहिले टोइलेट पेपर जस्तैगरी प्राविधिक उपकरणहरुको माग पूरा गर्न कठिन भइरहेको छ ।

विशेषगरी स्कुल कलेज अनि कार्यालय बन्द हुँदा सबै घरबाट काम गर्न बाध्य भएका छन् । त्यसबीच स्कुल र कलेजहरुले कम्प्युटर, ल्यापटप लगायत डिभाइस नभएका विद्यार्थीका लागि ठूलो सङ्ख्यामा शैक्षिक सामग्रीहरुको माग गरेका हुन् । र देशैभरिका अफिसबाट एकैपटक धेरै सङ्ख्यामा प्राविधिक उपकरणको माग आउनुले यतिबेला आपूर्तिमा कमी ल्याएको छ । विश्वका तीनैवटा प्रमुख कम्पनी, लेनोभो, एचपी र डेलले अचानक वृद्धि भएको माग अनुसार सामान उपलब्ध गराउन नसकिरहेको बताएका छन् । ल्यापटप जस्ता डिभाइसको उत्पादन यत्तिको उच्च माग पूरा गरि आपूर्ति गर्ने किसिमले स्थापित नभएकाले उनीहरुले बताएका हुन् ।

यसमै कतिपय ल्यापटप निर्माताहरुले चाहिँ अहिलेको कारोबारबाट प्रशस्त फाइदा पनि कमाइरहेका छन् । अघिल्लो वर्षको तुलनामा अप्रिलको पहिलो हप्तामा रिटेल कारोबार ४४ प्रतिशतले बढेको आधिकारिक डाटाले देखाएको छ । सिएनएनसँग कुरा गर्दै एसर कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी मात्र नभएर पूरै प्रविधि उद्योगमा कम्प्युटर र मनिटरको माग ऐतिहासिक बिन्दुमा पुगेको छ । त्यसैले हामीले जति सक्दो छिटो र धेरै आपूर्ति गर्न दिनरात खटेर काम गरिरहेका छौँ । ”

अर्को प्राविधिक कम्पनी एचपीका प्रवक्ताले पनि आफूहरु विद्यार्थीको हातमा ल्यापटप पुर्याउन स्कुलको सक्दो मद्दत गरिरहेको बताएका हुन् । वास्तवमा अमेरिकामा महामारीको असर सुरु हुनु अगाडि नै प्राविधिक उपकरण निर्माणकर्ताहरु चीनसँगको व्यापारिक युद्ध, ट्यारिफ लगायत विभिन्न कारणले संघर्षरत् अवस्थामा थिए ।

यसमाथि जनवरीमा चीनका अधिकांश उद्योगहरु बन्द हुँदा निर्माण समग्रीहरुको आपूर्ति ठप्प भइ विश्वभर प्राविधिक उपकरणको उत्पादन नराम्ररी प्रभावित भएको हो । यस सम्बन्धी कम्पनी डेलका प्रमुख सञ्चालक जेफ क्लार्कले भनेका छन्, “ल्यापटपका केही मुख्य अंश जस्तै सिलिकन र एलसीडी स्क्रिन पर्याप्त आपूर्ति गर्न अझै केही समय लाग्न सक्छ । ” सिएनएन

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...