19.1 C
Kathmandu
 

आजको राशिफल : सिंह मध्यम, तुला अत्युत्तम

मेष : दिन भाग्यवर्धक छ । उन्नति प्रगति हुनेछ । मुख्य काम गरिनेछ । उपयुक्त अवसर मिल्नेछ । पराक्रम बढ्नेछ ।

वृष : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।

मिथुन : दिन सन्तोषजनक छ । आँटेको काम बन्नेछ । आयआर्जमा वृद्धि हुनेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ ।

कर्कट : दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । कृषिकार्यमा रूचि बढ्नेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ ।

सिंह : दिन मध्यम छ । धार्मिक कार्यमा व्यवधान आउन सक्नेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । स्वास्थ्य पनि निकै कमजोर रहनेछ ।

कन्या : दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

तुला : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ ।

वृश्चिक : दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

धनु : दिन मध्यम खालको छ । मनमा चिन्ता हावि हुन सक्नेछ । ठूलो काममा हात नराख्नु नै बेस हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ ।

मकर : दिन प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । सामाजिक काममा अपयश मिल्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

कुम्भ : दिन सार्थक छ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

मीन : दिन मध्यम खालको छ । बोलीमा सचेत रहनु नै बेस हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । खानपानमा पनि विशेष ध्यान दिनु पर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर