सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको प्रिक्वार्टर फाइनलमा पुगेको छ ।
इजिप्टको काइरोमा भएको समूह सी अन्तर्गतको खेलमा लगातार दोस्रो जित हात पारेपछि अल्जेरिया अन्तिम १६ मा स्थान बनाउन सफल भयो । यसअघि पहिलो खेलमा अल्जेरियाले केन्यालाई हराएको थियो ।
एक खेल अगावै अल्जेरियालाई अघिल्लो चरणमा पुर्याउनका लागि युसुफ बिलाइलीको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ४९ औं मिनेटमा बिलाइलीले गोल गरेका थिए ।
प्रतियोगितामा केन्याले पहिलो जित निकालेको छ । पहिलो खेलमा पराजित भएको केन्याले दोस्रो खेलमा तान्जेनियालाई ३–२ ले हरायो । जितसँगै केन्याले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
मदगास्करले बुरुन्डीलाई १–० ले हराउँदै प्रिक्वार्टर फाइनलको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा गिनीसँग २–२ गोलको बराबरी खेलेको मदगास्करले बुरुन्डीलाई हरायो ।