24 C
Kathmandu
 

बागलुङको एउटा विद्यालय जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्, गैरदलितले भर्नै गर्दैनन्

बागलुङ, भदौ १८। माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय।

गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे।

गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् , १८ छात्रा, १३ छात्र। सबै दलित समुदायका। विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ। बाल कक्षा पनि चलेको छ।

विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ। स्थायी र राहत दरबन्दीमा एक-एक शिक्षक छन् भने दुई शिक्षक स्थानीय स्रोतबाट छन्।

कमजोर आर्थिक स्थिति र सिमित स्रोत, साधनका बाबजुत बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालय सङ्घर्षरत छ। प्रदेश सरकारको सहयोगमा चार कोठे भवन बनेपछि विद्यालयको भौतिक अवस्था केही सुधारिएको छ।

खेल मैदानको भने अभाव छ। केही वर्षअघिसम्म विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष सबै दलित समुदायकै थिए। अहिले प्रधानाध्यापकलगायत शिक्षक, कर्मचारी गैरदलित पनि छन्। दलित बाहुल्य बस्तीमा पर्ने भएकाले विद्यालयमा दलित विद्यार्थी धेरै हुनु अनौठो होइन तर, यो विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन्।

विद्यालय नेरफेर अन्य जातिका मानिसको बसोबास नभएको भने होइन। उनीहरूका बालबच्चा दैलोको विद्यालय छाडेर कोही निजीतिर त कोही अन्यत्रको विद्यालय जान्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीका अनुसार सार्वजनिकरुपमा अनुरोध गर्दा पनि गैरदलित समुदायका बालबालिका भर्ना हुन आउँदैनन्।

‘अभिभावकलाई भेटेरै अनुरोध गर्दा पनि भर्ना गर्न मान्नुहुन्न, कसैले सानो कक्षामा पढ्ने बालबच्चा घरमा छैनन् भन्नुहुन्छ, कसैको घुमाउरो कुरा आउँछ’, उनले भने।

आफ्ना बालबालिकालाई कहाँ पढाउने भन्ने विषय अभिभावकको स्वतन्त्रता भएकाले विद्यालयले बढी जोड गर्न नमिल्ने उहाँको तर्क छ।

‘कतिपयमा त्यो दलित समुदायले चलाएको विद्यालय हो, दलित विद्यार्थी मात्रै पढ्छन्, हामीले त्यहाँ पठाउनुहुन्न भन्ने सोच हुनसक्छ’, उनले भने, ‘प्रत्यक्ष रुपमा कसैले केही नभनेपनि हामीलाई बेलाबेला विभेद गरिएको हो की भन्ने भान हुन्छ।’

उनले मौलिक परिचयका साथ विद्यालयलाई स्थापित गर्नमा आफूहरूको जोड रहेको उल्लेख गरे।

विद्यालयका प्रअ कल्पना गौतमले विद्यालयमा गुणस्तरीय सिकाइको वातावरण बनाउन आफूहरु लागिपरेको बताए।

विद्यालयमा आर्थिक स्रोत र शैक्षिक विकासका लागि पूर्वाधार अभाव रहेको उनको भनाइ छ।

‘अङ्ग्रेजी माध्यमको पढाइका लागि स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गरेका छौँ’, उनले भनिन्।

प्रअ गौतमले विद्यालयमा कम्प्युटर शिक्षाको योजना रहेपनि आर्थिक स्रोत नजुट्दा समस्या निम्तिएको बताइन्।

प्रविधियुक्त सिकाइका लागि स्रोत, साधनको कमी छ। स्थानीय तहलगायत सरकारी निकायबाट धेरथोर सहयोग आएपनि त्यो प्रयाप्त छैन।

सङ्घसंस्था, दाताले बेलाबेला विद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक वितरण गर्दै आएका छन्। गत साता गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले अक्षयकोषमा रहने गरी ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो।

‘गाउँको विद्यालयलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हौँ’, समितिका अध्यक्ष रामु थापा काजीले भने।

विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रअ गौतमले बताइन्।

‘विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन’, उनले भनिन्। अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत-सम्मान गर्ने सोच विद्यालयको छ। (रासस)

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...