13 C
Kathmandu
 

हिरासतमै विजयरामकाे मृत्यु भएपछि इन्स्पेक्टरसहित तीन प्रहरी निलम्वित

काठमाडौं, भदौ १६। रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजयराम चमारमाथि सोधपुछ गर्ने तीन जना प्रहरी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौटहटले एक प्रहरी निरीक्षक र दुई जना हवल्दारमाथि अनुसन्धान गर्न निलम्बन गरेको प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बनमा परेका हुन्। भदौ ४ गते बिहीबार बिहान हिरासतमा रहेका गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।

उनको मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो। उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए। प्रहरीले यस घटनामा सात जनालाई पक्राउ गरेको थियो।

यस घटनामा प्रहरीले सोधपुछ गर्नेक्रममा यातना दिएका कारण चमारको मृत्यु भएको भन्दै परिवार तथा स्थानीयले विरोध गरेका थिए। त्यसपछि गरूडाका डिएसपी ज्ञानबहादुर महतो विवादमा तानिएका थिए।

यस घटनापछि उनलाई प्रहरी प्रदेश कार्यालय तानिएको थियो। यद्यपी उनको मृत्यु यातनाका कारण भएको हो वा होइन भन्ने कुरा अहिले नै एकीन भइ नसकेको डिएसपी श्रेष्ठले बताए।

‘उनको पोष्टमार्टम रिपोर्ट पनि आएको छैन, यस विषयमा छानविन गर्न तीन सदस्यीय समिति समेत गठन भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धान भइरहेको छ। छानविन सकिएपछि हामी सार्वजनिक गर्छौं।’

यस घटनामा उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानविन समित गठन भएको थियो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...