15 C
Kathmandu
 

सरकारले अनुमति दिए कक्षा १२ को परीक्षा दसैंअघि हुने

काठमाडौं, भदौ १६। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।

‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्ने छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले  भने, ‘परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’ यसपाली दसैं कात्तिकमा छ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

‘बोर्डले मात्रै चाहेर परीक्षा हुँदैन। परीक्षा सञ्चालनको अनुमतिका लागि सिसिएमसीमा पत्राचार गरिएको छ। पत्रबारे अहिलेसम्म केहि जवाफ आएको छैन,’ उनले भने।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।

‘परिस्थिति सहज भएमा परीक्षा केन्द्रमा विद्यार्थी राखेर पूरानै तरिकाबाट परीक्षा भइहाल्छ,’ उनले भने, ‘अवस्था यस्तै जटिल नै रहिरह्यो भने नयाँ विकल्पबाट परीक्षा हुन्छ। अनलाइनबाट प्रश्नपत्र पठाएर पनि परीक्षा गर्न सकिन्छ। नयाँ विकल्पबारे छलफल भइरहेको छ, बोर्ड निष्कर्षमा पुगिसकेको छैन।’

वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारीले स्थगित भएको थियो।

स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ।

स्थगित कक्षा १० को परीक्षा भने आन्तरिक मूल्यांकनबाट भइसकेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर...

कारको ठक्करबाट मृत्यु

चितवन । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । काठमाडौंमा...

थपिए ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३...