13 C
Kathmandu
 

बढ्दो सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा

रासस/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन् ।आइतबार मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन । तिमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ ।

उनले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आआफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे ।

उनले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताए । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...