13 C
Kathmandu
 

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने

रासस/सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग यस्तो सम्झौता भएको थियो ।बैठकले यही भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनतर्फ सबै वायुसेवा कम्पनीसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने पनि निर्णय गरेको छ ।

त्यस्तै नेपाली स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ ।
समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेकी छन् ।

समितिलाई हवाई उडान भाडादर यात्रुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल सङ्घलगायत सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत तथा रेस्क्युलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय गरिएको छ । बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...