15.1 C
Kathmandu
 

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँको भनाइ छ ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मा परीक्षाफल हेर्न सकिने बोर्डले जनाएको छ ।

यस्तै, १६०० मा फोन गरेर थाहा पाउन सकिने नतिजा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर