24 C
Kathmandu
 

जाडोयाममा भ्रमणका लागि जान चाहनेहरुलाई थाइल्यान्डले पूर्ण स्वागत गर्ने

सिएनएन / आगामी जाडोयाममा भ्रमणका लागि जान चाहनेहरुलाई थाइल्यान्डले पूर्ण स्वागत गर्ने बताएको छ । आधिकारिक जानकारी अनुसार अक्टोबरबाटै देशमा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउन सुरु गरिनेछ जसमा सबै आगन्तुकहरुले केही निश्चित नियम कानुनको भने पालना गर्नुपर्ने हुन्छ ।

सबैभन्दा पहिले पर्यटकहरु एकदुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ भने पहिले नै निर्धारित गरिएका स्थलमा सिमित रहनुपर्नेछ । गत हप्ता आयोजित एक सार्वजानिक फोरममा थाइल्यान्डका पर्यटन मन्त्रीले ‘सेफ एण्ड सिल्ड’ नामक सुरक्षित नीतिगत कार्यक्रम अन्र्तगत अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउने योजना रहेकाबारे जानकारी दिएका हुन् । यसलाई आगामी अक्टोबर १ देखि नै लागू गरि पर्यटकहरुलाई भ्रमणको अनुमति दिन आफूले प्रधानमन्त्री समक्ष स्वीकृतिका प्रस्ताव गरेको उनले बताएका छन् ।

सुरुवातमा पर्यटकहरु केबल फुकेटसम्मको उडान भर्न पाउनेछन् जुन थाइल्यान्डको सबैभन्दा ठूलो टापु हो र त्यहाँ पुगेर १४ दिनसम्म निर्धारित रिसोर्टमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । मन्त्रीले पतोङ बिच को उदाहरण दिँदै यो कार्यक्रम त्यस किसिमको ठाउँमा प्रभावकारी हुने बताएका हुन् जसमा एक किलोमिटरको क्षेत्रफलमा तीनदेखि चारवटा सम्म रिसोर्ट तयार राखिने उनले बताए । यसमार्फत पर्यटकहरुले समुद्र किनारमा आरामदायक समय बिताउन पाउनेछन् । साथै क्वारेन्टिनको सुरुवात र अन्त्यमा गरि दुईपटकसम्म पर्यटकहरुको कोभिड परीक्षण गरिनेछ । क्वारेन्टिन अन्त्य हुँदासम्म नतिजा पोजेटिभ नआए उनीहरु टापुभर स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनेछन् ।

तर फुकेट बाहेकका अन्य गन्तव्यमा पनि जान चाहनेहरुले चाहिँ थप सात दिन अतिरिक्त क्वारेन्टिनमा बस्नुपर्ने र २१ दिनपछिको कोभिड नतिजा नेगेटिभ आएमा मात्र घुम्न पाउने उनको भनाइ छ । यसैगरी ती क्षेत्रमा अवस्थित होटलका कर्मचारीहरुलाई पनि क्वारेन्टिनमा नबसी र नियमित परीक्षण नगराएसम्म निर्धारित स्थलबाट बाहिरिने अनुमति दिइनेछैन । यसरी भाइरस फैलिनबाट जोगाउन सकिने उनले बताएका हुन् ।

पर्यटन आयोगका गर्भनर युथसाक सुपासोमले संचार माध्यम सिएनएनसँग बताए अनुसार धेरै हद्सम्म यो योजना स्वीकृत भइसकेको छ र अबको अर्को कदममा स्थानीयहरुबाट अनुमति लिनुपर्ने हुन्छ । यस सम्बन्धी सार्वजानिक सुनुवाइ सेम्पटेम्बरको सुरुवातमै थालिने अपेक्षा गरिएको छ ।

अन्य थुप्रै मुलुकहरु जसरी पर्यटनमै अधिक निर्भर भएकाले थाइल्यान्डको अर्थतन्त्र पनि कोभिका कारण नराम्ररी प्रभावित भएको छ । देशको कूल घरेलु आयमा १५ प्रतिशत पर्यटन क्षेत्रकै योगदान रहने गरेको छ । र थाइल्यान्डमा विगत तीन महिनादेखि सामुदायिक संक्रमण फेला परेको छैन । जसकारण नै पर्यटन क्षेत्र छिटै पुनःसुचारु गर्न सकिने आशा गरिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन...

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज...

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना...

भोलिदेखि बर्दियामा जोरबिजोर प्रणाली

गुलरिया । कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...

नबिल बैंकले ७.७५ प्रतिशतको ब्याजदरमा सेयर धितोकर्जा दिने

काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ । ५० लाख अथवा...